जनता टाइम्स

१६ फाल्गुन २०७७, आईतवार १३:१४

क्याम्पसअगाडि बिद्यार्थीले घन्काए नारा : हाम्रो लिपुलेक फिर्ता देऊ, तिम्रो प्रचण्ड फिर्ता लैजाऊ


काठमाडौं, फागुन १६ । नेकपा (प्रचण्ड–माधव) समुहका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले भारतलाई कम्फटेवल हुने गरी सत्ता समिकरण बनाउने भन्दै खुलेयाम रुपमा नेपालको बिरुद्ध उभिएपछि बिद्यार्थीहरुले आज पनि प्रदर्शन गरेका छन ।

प्रचण्डले केही दिनअघि एक टेलिभिजन अन्तर्वार्तामा आफ्नो समुह, कांग्रेस र जसपाको सरकार बन्दा भारतलाई सवैभन्दा बढी ‘कम्फरटेबल’ हुने अभिव्यक्तिलाई दिनुभएको थियो । प्रचण्डको सो अभिब्यक्ति भारतीय दलालीको नांगो रुप रहेको भन्दै शनिवारबाटै विद्यार्थीहरूले विरोध प्रदर्शन अघि बढाएका थिए । बिद्यार्थीहरुले आज पनि प्रदर्शन गरेका हुन ।

शनिबारै रत्नराज्यलक्ष्मी क्याम्पस काठमाडौं अगाडि प्रदर्शन गरेका विद्यार्थीले आज काठमाडौं, पोखरालगायतका क्याम्पस अगाडि पनि प्रदर्शन गरेका छन । पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस पोखराका विद्यार्थीले ‘हाम्रो लिपुलेक फिर्ता देऊ, तिम्रो प्रचण्ड लैजाऊ’ भन्ने प्लेकार्ड राखेर व्यंग्य गरेका थिए । काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडि पनि विद्यार्थीले प्रचण्डको अभिव्यक्तिको विरोधमा प्रदर्शन गरेका छन् ।

बिद्यार्थीहरुले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको दह्रो समर्थन पनि गरेका छन । प्रधानमन्त्री नेपालको हित हेर्ने, प्रचण्ड भारतको हित हेर्ने भन्दै बिद्यार्थीहरुले अव नेपालमा भारतीय दलालहरुको पछि कोही लाग्न नहुने अपिलसमेत गरेका छन ।