जनता टाइम्स

२० फाल्गुन २०७७, बिहीबार १८:५२

सरकारका लागि कांग्रेस फकाउने कम्युनिष्ट नेता माधव नेपालको ‘निन्जा टेक्निक’


काठमाडौं, फागुन २०

यतिबेला सरकार बनाउने र गिराउने खेल नेताहरुबीच चलिरहेको छ । नेकपाको एक समुह प्रचण्ड–नेपाल पक्ष नयाँ सरकार बनाउनका लागि कांग्रेसलाई फकाउन प्रतिनिधिसभा विघटन भएदेखि पुनःस्थापना भएसम्म लागि रहेको छ ।

कांग्रेसलाई मन पर्ने अभिव्यक्तिदेखी नेताहरुलाई फकाउन यो समुह लागि रहेको छ । यसैक्रममा विहिवार एक अनौठो दृश्य देखियो, किर्तिपुरमा ।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयस्थित उपकुलपतिको कार्यालयमा विगत एक महिनोदेखी अनसनमा बसी रहेको छ । सो अनसनमा ऐक्यबद्धता जनाउन अहिलेसम्म कांग्रेसकै नेता पनि पुगेका छैनन् । तर, सत्ताको खेलमा लागिरहेका नेता नेपाल भने विहिवार एकाएक सो अनसनमा ऐक्यबद्धता जनाउन पुग्नुभयो । नेविसंघकै नेताहरु एक छिन छक्क परे । आफ्नै नेता नआईरहेका बेला माधव नेपाल आउनु उनिहरुका लागि राम्रै विषय थियो ।

बिहीबार दिउँसो अनसनस्थल पुग्नु भएका नेता नेपालले ऐक्यवद्धता जनाउँदै मागहरूप्रति आफ्नो समर्थन रहेको बताउनु भयो । त्रिविमा पदाधिकारी नियुक्तिमा राजनीतिक नियुक्ति हुने गरेका छन् । नेविसंघले एक महिनादेखि उपकुलपति कार्यालयको ढोकैमा रिले अनसन गरिरहेको छ ।

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तत्काल घोषणा गर्नुपर्ने, कोभिड–१९ को कारणले लामो समयपछि भएको परीक्षा र त्रिविको नजिता प्रकाशनमा हुने ढिलासुस्तीले विद्यार्थीहरुको शैक्षिक सत्र गुम्ने अवस्था भएकोले परीक्षा भएको एक महिनाभित्र नतिजा प्रकाशनको सुनिश्चितता गर्नुपर्नेलगायत माग नेविसंघको छ ।