जनता टाइम्स

२५ जेष्ठ २०७६, शनिबार ०९:२७

जब हजार्ड रियल मड्रिड पुगे


काठमाडौं ।

बेल्जियम फरवार्ड इडेन हजार्ड स्पेनिस क्लब रियल मड्रिडमा आबद्ध भएका छन् । चेल्सीमा ७ वर्ष विताएका हजार्डलाई मड्रिडले १५० मिलियन स्टर्लिङ पाउण्डमा आबद्ध गरेको हो । हजार्डले पाँच वर्षका लागि सम्झौता गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

हजार्डसँगको सम्झौता १३ जुनदेखि लागू हुने छ । बेल्जियमका लागि २०१२ मा डेब्यू गरेका हजार्डले चेल्सीमा रहँदा ३५२ खेलमा ११० गोल गरेका छन् । त्यस्तै चेल्सीलाई उनले २ पटक प्रिमियर लिगको उपाधि जिताएका छन् । हजार्डलाई म्यानचेस्टर युनाइटेडले पनि भित्र्याउन चाहिरहेको थियो । क्रिस्टियानो रोनाल्डोले छाडेपछि गत सिजन खराब प्रदर्शन गरेको रियल मड्रिडको अग्रपंक्ति अब २८ वर्षीय प्ले मेकर हाजार्डले सम्हाल्नेछन्।

रियल मड्रिडले गरेको घोषणा अनुसार हाजार्डसँग करिब ५ वर्ष लामो अर्थात् सन् २०२४ जुन ३० सम्मको सम्झौता भएको छ । रियलले हाजार्डलाई १३ जुनमा सान्टियागो बेर्नाबेउमा समर्थकमाझ सार्वजनिक गर्ने भएको छ। जिनेदिन जिदान पुनः क्लबमा फर्किएपछि नयाँ खेलाडी अनुबन्ध अघि बढाएको छ । रियलले यसअघि जर्मन क्लब फ्रान्कफर्टबाट अग्रपंक्तिका लुका जोभिकलाई भित्र्याइसकेको छ।