जनता टाइम्स

२८ चैत्र २०७७, शनिबार ११:०४

भारतमा एकैदिन भेटिए साढे एक लाख कोरोना संक्रमित


नयाँ दिल्ली, चैत्र २८

भारतमा कोरोना भाइरसको नयाँ संक्रमण लहरले विकराल रुप लिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक लाख ४५ हजार ३८४ जनामा संक्रमण पुष्टि भएको छ । कोभिड–१९ का कारण ७९४ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ ।

अहिलेसम्म भारतमा संक्रमितको संख्या एक करोड ३२ लाख पाँच हजार ९२६ पुगेको छ । हालसम्म एक लाख ६८ हजार ४३६ जनाको कोभिड–१९ का कारण ज्यान गएको छ । भारतमा गएको सोमबारदेखि लगातार एक लाख भन्दा धेरै संक्रमित थपिएका छन् ।

सोमबार एक लाख तीन हजार ५५८, बुधबार एक लाख १५ हजार ७३६, बिहीबार एक लाख २६ हजार ७८९ तथा शुक्रबार एक लाख ३१ हजार ९६८ जनामा संक्रमण पुष्टि भएको थियो ।