जनता टाइम्स

२५ जेष्ठ २०७६, शनिबार १७:५६

मेयर द्वारिकलाल चौधरीको अठोट : भ्रष्टाचारीसँग झुक्दिन–झुक्दिन–झुक्दिन


पार्टीले निर्देशन दियो भने आत्मआलोचना गर्छु, माफी पनि माग्छु । म उदण्ड मान्छे होइन, अनुशासित हुँ तर भ्रष्टाचारीसँग चाँहि झुक्दिन–झुक्दिन–झुक्दिन

इटहरी, जेठ २५

इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले भ्रष्टाचारीलाई कार्वाही गर्दा नै आफूमाथि मिडिया खनिएको पुनः घोषणा गर्नुभएको छ । इटहरीका केही पत्रकारहरुसामु अत्यन्तै नम्र रुपमा प्रस्तुत हुनुभएको चौधरीले भ्रष्टाचारबिरोधी आफ्नो अभियान कसैको दवाव वा आन्दोलनबाट नरोकिने घोषणा पनि गर्नुभयो ।

आफूबिरुद्ध भ्रष्टाचारीहरुले मिडियालाई दुरुपयोग गरेको पनि उहाँको भनाई थियो । एक जना इञ्जिनियरले घुस खाएको प्रमाण फेला पारेपछि कार्वाही गर्दा पनि मिडियाले कर्मचारीलाई हक्पाएको भनेर उल्टो काम गरेको मेयर चौधरीले बताउनु भयो । पत्रकारहरुसँग भ्रष्टाचार नियन्त्रणको आफ्नो अभियान र कार्वाहीबारे जानकारी दिँदै मेयर चौधरीले एउटा घटना नै राख्नुभयो ।

‘एउटा इञ्जनियर थिए, घर नक्सा सम्पन्नमा पैसा खाएका थिए, मलाई त्यो सूचना प्राप्त भयो, मैले उस्का सिनियर इञ्जिनियर र अरु कर्मचारीलाई राखेर सोधें, कति पैसा लिएको छ ? दश मिनेट बोल्नै सकेनन । अनि मैले ठहर गरें, मौन स्वीकृती, लक्षणम । गेटआउट, यू करप्ट । योर जव इज फिनिस्ट्ड भनिदिएँ । माटोको भाँडोलाई काठको मुंग्रो । काँक्रे चोरलाई मुडके सास्ती । अनि निस्कियो बाहिर गेटमा खस्याक खुसुक सुनें । मैले देखें, फेरि भनें गेट आउट । तर त्यही कुरा मिडियामा त द्वारिक चौधरीले कर्मचारीलाई कठालो समातेर घिसार्यो भनेर पो आयो,’ चौधरीले भन्नुभयो ।

उहाँले आफूले नगरपालिकामा आएका सवै कर्मचारीलाई एकसाथ राखेर भ्रष्टाचार नगर्ने कसम खुवाएको भन्दै त्यो उलंघन गरेपछि कार्वाही गरेको प्रष्ट पार्नुभयो । मेयर चौधरीले आफ्नो अभिब्यक्तिको आक्रोश पित पत्रकारलाई मात्रै भएको भन्दै आफूले दिएको अभिब्यक्तिप्रति आत्मआलोचना गर्न पार्टीले निर्देशन दिए स्वीकार गर्ने बताउनु भयो । ‘पार्टीले निर्देशन दियो भने आत्मआलोचना गर्छु, माफी पनि माग्छु । म उदण्ड मान्छे होइन, अनुशासित हुँ तर भ्रष्टाचारीसँग चाँहि झुक्दिन–झुक्दिन–झुक्दिन ।’

 

नगरपालिकामा एउटा इञ्जनियर थिए, घर नक्सा सम्पन्नमा पैसा खाएका थिए, मलाई त्यो सूचना प्राप्त भयो, मैले सिनियरहरुलाई राखेर सोधे, कति पैसा लिएको छ ? दश मिनेट बोल्न सकेनन । अनि मैले ठहर गरें, मौन स्वीकृती, लक्षणम ।, गेटआउट यू करप्ट, गेट आउट । योर जव इज यू फिनिस्ड भनिदिएँ

यस्तो छ मेयर चौधरीको बयान

म थाइल्याण्डमा छु, यहाँ इटहरीमा पोलपोलमा बत्ति राखेर ‘भ्रष्टाचारी मेयर द्वारिकलाल चौधरी भन्दै दुश्प्रचारगरियो । जो भ्रष्टाचारमुक्त प्रशासन चलाउने कमस खाएर बसेको छ,त्यसैलाई भ्रष्ट्राचारी भनियो । हामीले सुशासन, पारदर्सिता, भ्रष्टाचारमुक्त प्रशासन चलाउने कसम खायौं । मैले पछिल्लो कालमा सवै इञ्जिनियरहरु, ओभरसियरहरु, प्रशासन शाखाका सवै कर्मचारीहरु, ठेकेदारहरुलाई राखेर भ्रष्टाचारमुक्त नगरपालिका बनाउने घोषणा गरेका थियौं । त्यहाँ मैले भनें, अव इटहरी नगरपालिकामा ठेक्कापट्टा, सामान गरिद गरेबापत एक रुपयौ कमिशन दिनुपर्दैन । नो कमिशन, नो भ्रष्ट्राचार, नो टोलरेन्स, नो कम्प्रोमाइज इन क्वालिटी, इट इज माई डाइरेक्शन । दिस इज माइ लाइन । मैले भने । एक रुपैया पनि तलमाथि गरेको थाह पाइयो भनें छाडदिन ।

तलवले पुग्दैन, ओभरटाइम गर्नुहुन्छ ? ८० घण्टा । तपाईले ५० प्रतिशत इन्सेन्टिभ पाउनु हुन्छ । २८ तलव छ, १४ भत्ता ३२ भो, खाजा भत्ता ४, ३६ भयो, पेट्रोल, लत्ताकपडा, गाडी भत्ता गर्दा ४० हजार पुग्छ । यत्तिले पनि पोसाएन भने जागिर छोडनुस, ब्यापार गर्नाेस । मैले भनें । त्यो भन्न पाइन्छ कि पाँइदैन ? अन्यथा हो ? यही कुरा गर्दा मिडियाहरुले तपाईले आफ्नो कर्मचारीलाई हकार्नु भयो, चक्ल्याङ–चुक्लुङ गर्नुभयोभन्दै प्रचार गरे ।

नगरपालिकामा एउटा इञ्जनियर थिए, घर नक्सा सम्पन्नमा पैसा खाएका थिए, मलाई त्यो सूचना प्राप्त भयो, मैले सिनियरहरुलाई राखेर सोधे, कति पैसा लिएको छ ? दश मिनेट बोल्न सकेनन । अनि मैले ठहर गरें, मौन स्वीकृती, लक्षणम ।, गेटआउट यू करप्ट, गेट आउट । योर जव इज यू फिनिस्ड भनिदिए । माटोको भाँडोलाई काठको मुंगो । कांक्रे चोरलाई मुडके सास्ती । अनि निस्कियो बाहिर गेटमा खस्याक खुसुक । मैले देखें, गेट आउट भने । द्वारिक चौधरीले कठालो समातेर घिसार्यो भन्यो । मैले भनेको थिए कर्मचारीलाई भाई घुस खान्छौं ? जवाफ दिए, घुस खानलाई सरकारी जागिर खाएको होइन । अनि भने त्यो हिम्मत छ भने अव जनता पार्क बनाऊ । जनतापार्क साहसका साथ अघि बढाएको हो । त्यो म र मेरो टीमले मात्रै बनाउन सक्थ्यो ।

तलवले पुग्दैन, ओभरटाइम गर्नुहुन्छ ? ८० घण्टा । तपाईले ५० प्रतिशत इन्सेन्टिभ पाउनु हुन्छ । २८ तलव छ, १४ भत्ता ३२ भो, खाजा भत्ता ४, ३६ भयो, पेट्रोल, लत्ताकपडा, गाडी भत्ता गर्दा ४० हजार पुग्छ । यत्तिले पनि पोसाएन भने जागिर छोडनुस, ब्यापार गर्नाेस । मैले भनें । त्यो भन्न पाइन्छ कि पाँइदैन ? अन्यथा हो ? यही कुरा गर्दा मिडियाहरुले तपाईले आफ्नो कर्मचारीलाई हकार्नु भयो, चक्ल्याङ–चुक्लुङ गर्नुभयोभन्दै प्रचार गरे

अख्तियारले छोडिदिन्छ भ्रष्टाचारीलाई । तर उस्ले छोडे पनि जनताले छोडदैनन यो नगरपालिकामा । म भनिदिन्छु सवै कुरा जनतालाई । मेरो नगरपालिकामा यस्ले यति भ्रष्टाचार गरेको छ भनेर जनतालाई बताइ दिन्छु । जनताले कठालो समातेर सडकमा लान्छ, कालो मोसो दलिदिन्छ । अव नेताहरुले माफी माग भनेको पनि सुनें, म प्रदेश कमिटीमा छु, प्रदेश कमिटीले मेरो आलोचना गर्छ, प्रदेश कमिटीले तिमिले आत्मआलोचना गर भन्यो भने म गर्छु । म उदण्ड होइन, अनुशासित मान्छे हो । पार्टीमा लागे बापत पैत्रिक सम्पत्ति आधा गुमेको छ । तर नेताहरुले मलाई फोन गरेर के भएको हो इटहरीमा भन्न सक्देनन ? फेसबुकबाट बडो आदर्श दिनुपर्छ ।