जनता टाइम्स

४ बैशाख २०७८, शनिबार १४:०६

प्रवासी नेपाली एकता मञ्च साउदीले पायो पूर्णता


साउदी अरेयिबा, बैशाख ४ । प्रवासी नेपाली एकता मञ्च साउदी अरेबियाले कमिटीलाई पुर्णता दिएको छ । बैशाख ३ गते सम्पन्न भर्चअल बैठकले बिभिन्न नेताहरुको जिम्मेवारी हेरफेरसहित कमिटीलाई पुर्णता दिएको हो ।

सो बैठकले प्रवासी नेपाली एकता मञ्च साउदी अरेबियाको केन्द्रीय कमिटीलाई ३ जना महिला कोटा सुरक्षित गर्दै ४३ सदस्यीय कमिटी सर्वसम्मतले पारीत गरेको छ । विस्तारित कमिटीमा अध्यक्ष अमर श्रेष्ठ र सचिव याम लामा बोम्जन रहनुभएको छ । यसैगरी
वरिष्ठ सल्लाहकार तथा राजदूतावास समन्वय प्रमुखमा बलराम गिरी चयन हुनुभएको छ भने रमेश भण्डारीले सल्लाहकार र कृष्ण कार्कीले प्रवक्ताको जिम्मेवारी पाउनु भएको छ ।

बैठकले कमलप्रसाद खरेल (श्रमिक समस्या तथा राजदूतावास समन्वय प्रमुखको जिम्मेवारी दिएको छ । यस्तै किशोर राई अनुशासन विभाग प्रमुख, अच्युत बोगटी आर्थिक विभाग प्रमुखमा चयन हुनुभएको छ । सदस्यहरुमा राजेन्द्र खत्री, ऋृषीराम भट्टराई, ओम घले, राम बहादुर क्षेत्री, बसन्त राई, रुद्रकुमार कार्की, रमेश गिरी, रूपक वाईवा, रमेश अधीकारी, राजिब रेग्मी, बिएस अधीकारी र नवराज थापा चयन हुनुभएको छ ।

यस्तै अन्य सदस्यहरुमा बिष्णु घिमिरे, राम कार्की, नागेस तामाङ, अमृत घिसिङ, दल सुनुवार, भीम ठकुरी, नाथन शर्मा, तिलक पुन, खडगप्रसाद आचार्य, युवराज खड्का, दिपक अर्याल, राज खत्री, दीपक थापा, बिक्रम भण्डारी, विष्णुप्रसाद बरुवाल (सुवोध)। राजेश कुमार न्यौपाने (डुबिन्द्र), खेमचन्द्र पुरी, योगेन्द्रप्रसाद कुईकेल, अर्जुन सिलवाल र मीनप्रसाद अधीकारी हुनुहुन्छ । तीन महिला सदस्य भने हाललाई रिक्त राखिएको प्रमुख सल्लाहकार बलराम गिरीले जानारी दिनुभयो ।

मञ्चका अध्यक्ष अमर श्रेष्ठको अध्यक्षता, वरिष्ठ सल्लाहकार बलराम गिरीको प्रमुख आतिथ्यता र सचिव याम लामा बोम्जनले सञ्चालन गर्नुभएको सो कार्यक्रममा नयाँ बर्षको अवसरमा शुभकामना आदान प्रदान समेत गरिएको छ । सो क्रममा साउदी अरेवीयामा रहेका नेकपा एमालेको नेता, कार्यकर्ता, शुभचिन्तक, समर्थकहरुबीच परिचयात्मक कार्यक्रम भएको थियो ।

बैठकमा वरिष्ठ सल्लाहकार बलराम गिरी, रमेश भण्डारी, कृष्ण कार्की, कमलप्रसाद खरेल, किशोर राई, अच्युत बोगटी, रुद्रकुमार कार्की, रमेश गिरी,रुपक वाईवा, विष्णु घिमीरे, योगेन्द्रप्रसाद कुईकेल, मिनराज ठकुरी, बसन्त राई, दलबहादुर सुनुवार, राजेश कुमार न्यौपानेलगायतका वक्ताहरूले नव वर्षको शुभकामना दिनुका साथै साउदी अरेवियामा संगठन विस्तारबारे आफ्नो धारणा राख्नुभएको थियो ।