जनता टाइम्स

६ बैशाख २०७८, सोमबार १४:५५

प्रतिष्ठित अस्पतालमा कार्यरत सात चिकित्सक पक्राउ, यस्तो छ अभियोग


काठमाडौं, बैशाख ६ । नेपाल प्रहरीले सात जना चिकित्सकलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले लामो अनुसन्धानपछि बिभिन्न अस्पतालमा कार्यरत सात जना चिकित्सकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा विराटनगर न्युरो हस्पिटलमा कार्यरत डाक्टर मोहम्मद सिद्धिकी, दीघार्यु अस्पतालका मोहम्मद शाहिद राजा, जनकपुर चिल्ड्रेन अस्पतालका सुभाषप्रसाद साह, मिसन अस्पताल रुकुम पश्चिममा कार्यरत दिपेन्द्र गौतम हुनुहुन्छ । यस्तै विराटनगरबाट अखिलेस कुमार देव, काठमाडौंबाट पल्लवी सिंह, सानेपाबाट फराज हुसेन खाँ पक्राउ परेको सिआइवीले जनाएको छ ।

एसएलसीको नक्कली प्रमाणपत्र बनाएर चिकित्सा शिक्षा अध्ययन गरेर डाक्टर बनेको आरोपमा सातजना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुमाथि एसएलसीको शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको पाइएको सिआइवी स्रोतले जानकारी दिएको छ ।