जनता टाइम्स

१२ बैशाख २०७८, आईतवार १२:२२

पूर्वराजदम्पत्तिलाई स्वासप्रश्वासमा समस्या, अक्सिजन सपोर्ट लगाइयो


काठमाडौं, बैशाख १२

कोरोनाभाइरस सङ्क्रमण भएपछि अस्पताल भर्ना हुनु भएका पूर्वराजदम्पतीलाई स्वासप्रश्वासमा हल्का समस्या देखिएको छ । समस्या देखिएपछि अक्सिजन दिएर राखिएको नर्भिक अस्पतालले जानकारी दिएको छ ।

अस्पतालका कर्पोरेट कम्युनिकेशन एन्ड पीआर डिपार्टमेन्ट प्रमुख सोमनाथ बास्तोलाले पूर्वराजा ज्ञानेन्द्र शाहर कोमल शाहलाई अक्सिजन दिएर राखिएको बताउनु भयो । ‘उहाँहरू दुवै जनालाई अक्सिजनको सपोर्ट दिइएको छ’, उहाले भन्नुभयो, ‘शनिवारे ज्वरो र छाती दुख्ने समस्या देखिएको थियो । आज ज्वरो छैन र छाती दुख्ने समस्या पनि कम भएको छ । लक्षणहरू कम हुँदै गएको छ ।’

बास्तोलाका अनुसार पूर्वराजा शाहकी छोरी प्रेरणा शाहलाई भने अक्सिजन दिनुपरेको छैन र उनको अवस्था आमाबुवाको जस्तो छैन ।