जनता टाइम्स

१६ बैशाख २०७८, बिहीबार १६:५९

दिनानुदिन बढ्दै कोरोना : एकैदिन थप ४९२८ मा संक्रमण, ३५ को मृत्यु


काठमाडौं, बैशाख १६

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ९२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थप ३५ जना संक्रमितको मृत्यु भएको छ भने ८८८ जना निको भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जारी गरेको विवरण अनुसार १२ हजार ५९७ जनाको पीसीआर बिधिबाट नमुना परीक्षण गर्दा ४ हजार ८ सय ३१ जना र ९६३ जनाको एन्टीजेन परीक्षण गर्दा ९७ जना गरी थप ४ हजार ९२८ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

त्यसैगरी काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १ हजार १२७, ललितपुरमा २५२ र भक्तपुरमा १८२ जना गरी १ हजार ५६१ जना थपिएका छन् । थप संक्रमितसंगै देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार १ सय ७ पुगेको छ । क्वारेनटीनमा ५९ जना छन् । देशभरका कोभिड अस्पतालका आइसीयूमा ३३७ र भेन्टीलेटरमा १०७ जना उपचाररत छन् ।