रामेछाप, बैशाख १७
बढ्दो कोरोना संक्रमणका कारण रामेछाप बजारमा लाग्दै आएको साप्ताहिक विहिबारे हाटबजार स्थगित भएको छ । भाइरसको दोस्रो भेरियन्ट तीव्र रुपमा फैलिरहेकाले यसलाई न्युनिकरण गर्न रामेछाप नगरपालिकाले विहिबारे हाट स्थगित गरेको हो । नगरपालिकाको विपद् व्यवस्थापन निर्देशन समितिको बैठकले अर्को सुचना जारी नभएसम्मका लागि हाट बन्द गरेको जनाएको छ ।
त्यस्तै पालिकाको ३ नम्बर वडा स्थित साँघुटार बजारमा लाग्दै आएको हाट पनि स्थगित गरेको जनाएको छ । यता नगरभित्रका शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गरिएको छ । विवाह, ब्रतबन्ध, घरायशी पुजा, संस्थाका बैठक तथा गोष्ठीहरुमा २५ जना भन्दाबढी भेला नहुन समेत अपिल गरेको छ । उक्त क्षेत्रभित्र प्रवेश गर्ने व्यक्तिहरुलाई अनिवार्य क्वारेन्टिनमा बस्न पनि आग्रह गरिएको नगर प्रमुख नरबहादुर थापा मगरले जानकारी दिनुभयो ।














प्रतिक्रिया दिनुहोस्