काठमाडौं, बैशाख २०
पछिल्लो २४ घण्टामा नेपालमा ७ हजार ४४८ जना संक्रमित थपिएका छन् । त्यस्तै यही समयमा ३७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्ला दिनमा कोरोनाको कारण मृत्यु हुनेको संख्या बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा दैनिक रुपमा कोरोना संक्रमणको दर बढिरहेको छ ।
संक्रमितको संख्या ह्वात्तै बढेसँगै आजको यो संख्या हालसम्मको उच्च हो। १६ हजार ६ सय ५८ जनाको पिसिआर र ५१८ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा सात हजार ४४८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। कुल संक्रमितमध्ये हाल ५४ हजार ४१ जना सक्रिय संक्रमित छन् । त्यस्तै अहिले २१२ जना संक्रमित क्वारेन्टाइनमा रहेका छन् भने आज २ हजार २१ जना उपचारपछि डिस्चार्ज भएका छन् ।













प्रतिक्रिया दिनुहोस्