जनता टाइम्स

२१ बैशाख २०७८, मंगलवार १७:१५

विवाहमा होसियारी अपनाउन नसक्दा कोरोना पुष्टी, काठमाडौं उपत्यकाकी बेहुलीको मृत्यु


काठमाडौं, बैशाख २१

काठमाडौंको कपनकी एक युवतीमा विहेकै दिनमा कोरोना संक्रमण पुष्टि भएको थियो । कपनबाट भक्तपुर लगिएको बेहुलीको कोरोनाका कारण मृत्यु भएको हो । श्रेष्ठ थरकी २२ बर्षिया युवतीको गएको बैशाख १२ गते विवाह भएको थियो । स्वास्थ्यमा समस्या भएपछि उहाँलाई उपचारका लागि भक्तपुरमा रहेको कोरोना अस्पतालमा भर्ना गरिएको थियो ।

कोरोना अस्पतालमा उहाँको उपचारकै क्रममा हिजो मृत्यु भएको एक जना आफन्तले जानकारी दिनुभयो । उहाँको माइतीतर्फका धेरैलाई कोरोना संक्रमण पुष्टि भएको र विवाहमा होसियारी अपनाउन नसक्दा यस्तो दुर्घटना भएको आफन्तले जानकारी दिनुभयो ।