जनता टाइम्स

२१ बैशाख २०७८, मंगलवार १७:२९

कोरोना रेकर्ड ब्रेक : एकैदिन थपिए ७६६० संक्रमित, ५५ को मृत्यु


काठमाडौं, बैशाख २१

नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गएको २४ घण्टामा मात्र ७ हजार ६६० जना संक्रमित पुष्टि भएका छन् । यो संख्या हालसम्मको उच्च हो भने हिजो ७ हजार ४४८ संक्रमित भएका थिए । १६ हजार १ सय ३१ जनाको पिसिआर र ५७१ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ७ जार ६६० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये हाल ५९ हजार ७९८ जना सक्रिय संक्रमित छन् । हाल २५३ जना संक्रमित क्वारेन्टाइनमा छन् । गत २४ घण्टामा एक हजार ७७५ जना उपचारपछि डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको छ। एकै दिन मृत्यु भएकाको संख्या हालसम्मकै उच्च हो । यसअघि हिजो एकैदिन ३७ जनाको कोरोनाकै कारण ज्यान गएको थियो । यो सहित नेपालमा मृतकको संख्या ३ हजार ४१७ पुगेको छ।