काठमाडौं, बैशाख २१
कोरोना संक्रमितहरुको उपचारका लागि प्रयोग गरिने रेम्डिसिभिर औषधिको तीन हजार भाईल आज नेपाल आइपुग्दै छ । बंगलादेशबाट ल्याउन लागिएको रेम्डिसिभिर आजैदेखि बजारमा पठाइने औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले जानकारी दिनुभयो ।
उक्त औषधि बंगलादेशको ब्याक्सिमो फर्मास्युटिकल्स प्रा.लि. र हाम्रो मेडिसिन डिस्ट्रिव्युटर्सले आपुर्ति गरेको हो । औषधि बिरामीले ४ हजार ९ सय रुपैयाँमा प्राप्त गर्न सक्छन् । यसअघि बजारमा महँगो मूल्यमा बेच्न गरेको पाइएपछि विभागले एक्सन लिएको छ । कालोवजारी गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ ।
भोलि पनि बंगलादेशकै इन्सेप्टा कम्पनिको ४ हजार भाइल रेम्डिसिभिर औषधि भित्रिने भएको छ । औषधि व्यवस्था विभागले १ लाख ३० हजार भाइलभन्दा बढी रेम्डिसिभिर औषधि आपुर्तिका लागि विभिन्न आयातकर्तालाई अनुपति प्रदान गरेको छ । उक्त औषधि एक महिना भित्र सबै नेपाल आइपुग्ने केसीले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्