जनता टाइम्स

२२ बैशाख २०७८, बुधबार १५:५५

अवकाशप्राप्त स्वास्थ्यकर्मीलाई सेवामा फिर्ता गर्ने सेनाको तयारी


काठमाडौं, बैशाख २२

नेपाली सेनाले अवकाशप्राप्त सैनिक स्वास्थ्यकर्मीलाई सेवामा फिर्ता बोलाउने तयारी गरेको छ। कारोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएकाले यसको नियन्त्रण, रोकथाम तथा संक्रमितको उपचारका लागि ठूलो संख्यामा स्वाथ्यकर्मी आवश्यक हुने भएकाले सेवामा बोलाउने तयारी भएको जंगी अड्डाले बताएको छ।

जंगी अड्डाले आज एक विज्ञप्ती जारी गर्दै आवश्यक परेको बेला सेवामा फिर्ता रहने गरी तयारी गर्न अवकाशप्राप्त सैनिक स्वास्थ्यकर्मीलाई आग्रह गरेको छ। जंगी अड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको हो। २०७२ सालभन्दा पछाडि नेपाली सेनाको स्वास्थ्य सेवाबाट अवकाश प्राप्त भएका स्वास्थ्यकर्मीहरुलाई राष्ट्रलाई आवश्यक परेका बेला सेवामा हाजिर हुनेगरी तयारी गर्न निर्देशन जारी गरेको छ।