जनता टाइम्स

२२ बैशाख २०७८, बुधबार १६:३१

ह्वात्तै बढ्यो कोरोना : एकैदिन थपिए ८,६५९ संक्रमित


काठमाडौं, बैशाख २२

नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेसँगै वितेको २४ घण्टामा मात्र ८ हजार ६५९ जना संक्रमित पुष्टि भएका छन् । आजको यस संख्या हालसम्मको उच्च हो । २० हजार ७ सय ५६ जनाको पिसिआर र ६१६ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ८ हजार ६५९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ। एकै दिन मृत्यु भएकाको संख्या पनि हालसम्मकै उच्च हो । यसअघि हिजो एकैदिन ५५ जनाको कोरोनाकै कारण ज्यान गएको थियो । नेपालमा दिनानुदिन संक्रमितको संख्या बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार ४ सय ७५ को मृत्यु भएको छ । मन्त्रालयका अनुसार नेपालमा आज ६६ हजार ३५२ जना सक्रिय संक्रमित छन्। जसमध्ये ६१ हजार ५८८ जना होम आइसोलेसनमा र ४ हजार ७६४ जना संस्थागत आइसोलेसनमा छन्।