जनता टाइम्स

२२ बैशाख २०७८, बुधबार १७:१२

आज १९ सय ९३ जनाले जिते कोरोना


काठमाडौं, बैशाख २२ । नेपालमा पछिल्लो २४ घण्टामा १९ सय ९३ जनाले कोरोना भाइरससँगको लडाई जितेका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभर गरी १ हजार ९ सय ९३ जना कोरोनामुक्त भएका हुन । आज नेपालमा हालसम्मकै बढी कोरोना संक्रमित देखिएका छन । स्वास्थ्य मन्त्रालयका अनुसार हाज ८ हजार ६ सय ५९ जना कोरोना संक्रमित थपिएका हुन ।