काठमाडौं, बैशाख २७
कोरोना भाइरस (कोभिड–१९) को दोस्रो भेरियन्ट नेपालमा फैलिएसँगै काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि लकडाउन गरिएको थियो। यस्तै भाइरस संक्रमण रोकथामका लागि काठमाडौं जिल्लामा लगाइएको निषेधाज्ञालाई थप १५ दिन (२ हप्ता) लम्ब्याउने निर्णय भएको छ ।
आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसी काठमाडौंको बैठकले कडाइका साथ निषेधाज्ञाको अवधी लम्ब्याउने निर्णय गरेको हो । आगामी जेठ १२ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय भएको हो । यसअघि जारी निषेधाज्ञा २९ गते सकिँदैछ ।













प्रतिक्रिया दिनुहोस्