जनता टाइम्स

२७ बैशाख २०७८, सोमबार २०:४५

संबिधान मिच्न राष्ट्रपतिमाथि अनुचित दवाव



काठमाडौं, बैशाख २७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित जसपाका उपेन्द्र यादवले संबिधान मिचेर आफूहरुको सरकार गठन गराउने बाटो खोल्न राष्ट्रपतिमाथि दवाव दिनुभएको छ ।

प्रतिनिधिसभाबाट प्रधानमन्त्री केपी शर्मा ओली बिश्वासको मत लिन असफल हुनुभएलगत्तै देउवा, प्रचण्ड र यादवले बिज्ञप्ती नै निकालेर संबिधान भन्दा बाहिर गएर पुनः संबिधानको धारा ७६ को उपधारा २ अनुसार नै सरकार गठनको आह्वान गर्न दवाव दिनुभएको हो । राष्ट्रपति बिद्यादेवी भण्डारीले २०७४ साल फागुन ३ गते नै नेपालको संबिधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा ओलीलाई नियुक्त गर्नुभएको थियो ।
हेर्नाेस प्रमाण

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा बिश्वास गुमाएलगत्तै तीन नेताले सोही धाराअनुसार सरकार गठनको आह्वान गर्न राष्ट्रपति भण्डारीमाथि अनुचित दवाव दिनुभएको हो । संविधानविद भीमार्जुन आचार्यका अनुसार प्रधानमन्त्री ओलीले राजीनामा नदिएसम्म अव सो धारा प्रयोग गरी सरकार गठनको आह्वान गर्न मिल्दैन । अव धारा ७६ को उपधारा ३ मा जानुपर्छ । सो धारामा सवैभन्दा ठूलो दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने ब्यवस्था छ । प्रधानमन्त्री ओलीको दल नेकपा एमाले नै संसदमा अहिले सवैभन्दा ठूलो दल हो । यो तथ्य हुँदाहुँदै देउवा, दाहाल र यादवले संबिधानबिरुद्ध जान राष्ट्रपतिमाथि दवाव दिनुभएको हो ।