जनता टाइम्स

२८ बैशाख २०७८, मंगलवार १६:३६

पूर्वराजा ज्ञानेन्द्र कोरोना संक्रमणमुक्त


काठमाडौं, बैशाख २८

नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ। पूर्वराजकुमारी प्रेरणा शाहको कोरोना रिपोर्ट यसअघि नै नेगेटिभ आइसकेको छ ।

स्वाब रिपोर्ट नेगेटिभ आएपछि लगातार अक्सिजनकै सपोर्टमा उपचार गराइरहेका पूर्वराजा शाहलाई अक्सिजन दिन छाडिएको छ। उहाँको अवस्था अहिले सामान्य छ। यसैगरी, पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार आइरहेको अस्पतालले जनाएको छ।

कोरोना संक्रमण भई १८ दिनअघि नर्भिक अस्पतालमा भर्ना हुनुभएको शाहलाई त्यसको केही दिनपछि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो। उहााको अवस्थामा सुधार भएपछि केही दिनअघि आइसियूबाट वार्डमा सारी उपचार जारी राखिएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।