जनता टाइम्स

२८ बैशाख २०७८, मंगलवार १८:२४

२४ घण्टामा ५२ सय २५ जना भए कोरोना संक्रमणमुक्त


काठमाडौं, बैशाख २८ । नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार २ सय २५ जना कोरोना संक्रमणमुक्त भएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरबाट ५२ सय २५ जना संक्रमित कोरोनासँगको लडाई जितेर डिष्चार्ज भएका हुन ।

आज डिष्चार्ज हुनेसँगै नेपालमा ३ लाख १२ १९ जनाले कोरोना जितेका छन । मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको दरमा पनि सुधार आएको छ । यस अवधीमा २१ हजार ३ सय १६ जनाको परीक्षण गर्दा ९ हजार ४ सय ८३ जनामा कोरोना संक्रमण देखिएको छ ।

मृतक संख्या भने ह्वात्तै बढेको मन्त्रालयको तथ्यांकले देखाएको छ । पछिल्लो २४ घण्टामा २ सय २५ जनाको कोरोनाले ज्यान लिएको मन्त्रालयको भनाई छ ।