जनता टाइम्स

२९ बैशाख २०७८, बुधबार १३:५८

तुलसीपुरमा सुरु भयो २५ बेडको आइसोलेसन


दाङ, बैशाख २९

तुलसीपुर उपमहानगरपालिकाले कोरोनाका संक्रमितलाई लक्षित गरेर २५ बेडको आइसोलेसन अस्पताल सञ्चालनमा ल्याएको छ। तुलसीपुर मेट्रो अस्पताल सञ्चालनका लागि बनाइएको भवनमा यस्तो आइसोलेसन सञ्चालनमा ल्याइएको नगरप्रमुख घनश्याम पाण्डेले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘केही निर्माणको काम बाँकी थियो त्यसलाई २४ सै घण्टा काम गरेर सम्पन्न गरेपछी अस्पताल सञ्चालनमा आएको ल्यायौंं । बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालले बिरामीको चाप थेग्न नसकेपछी यसअघि गम्भीर प्रकृतिका संक्रमित पनि घरमै उपचार गर्न बाध्य थिए।

आइसोलेसन अस्पताल सञ्चालनमा आएसँगै यस क्षेत्रका जनताले निकै खुसी व्यक्त गरेका छन्। सामाजिक अभियन्ता एवम् तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजालले जनताप्रति उत्तरदायि काम गरेकोमा खुसी व्यक्त गर्नुभयो ।