काठमाडौं, जेठ १
नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार १६७ जनालाई कोरोना पुष्टि भएको छ । तथ्यांक अनुसार ३ दिनयता देशमा भाइरस संक्रमण घटिरहेको देखिन्छ । आज ५ हजार ४५५ जना कोरोना संक्रमणमुक्त भउको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनााएको छ । १७ हजार ९७१ पीसीआर र ५७७ जनाको एन्टीजेन परीक्षण भएकोमा ८ हजार १६७ जनालाई पोजेटिभ देखिएको हो ।
देशभर १८७ जना कोरोना संक्रमितले आज ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ हजार ८५६ पुगेको मन्त्रालयले जनाएको छ । यसअघि हिजो २०३ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । पछिल्लो समय नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या बढिरहेको छ । हाल देशभरका अस्पतालहरुमा अक्सिजनको अभावले संक्रमितहरुको मृत्यु दर बढेको चिकित्सहरुले बताएका छन् ।
हाल आइसोलेसनमा १ लाख ९ हजार ७४० जना छन् भने ६७५ जना क्वारेन्टिनमा छन् । यसअघि बिहीबार ८ हजार ९६० जनालाई संक्रमण पुष्टि भएको थियो भने बुधबार ९ हजार ३०५ जनालाई पोजेटिभ देखिएको थियो । यस्तै हिजो ८ हजार ५२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।












प्रतिक्रिया दिनुहोस्