जनता टाइम्स

१ जेष्ठ २०७८, शनिबार १८:२२

कोरोना संक्रमितको निको हुने दर बढदै, आज एकैदिन ५४ सय ८८ जना संक्रमणमुक्त


काठमाडौं, जेठ १ । पछिल्लो २४ घण्टामा मुलुकभरबाट पाँच हजार ४५५ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर ५ हजार ४ सय ५५ जनाले कोरोनालाई जितेका हुन ।

पछिल्लो तथ्यांकसँगै हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या तीन लाख ३३ हजार १०८ पुगेको छ । मन्त्रालयका अनुसार कोरोना संक्रमितको निको हुने दर आजसम्म आइपुग्दा दर ७४ दशमलव ४ प्रतिशत रहेको छ । यो तथ्यांकले निको हुन दर बढदै गएको देखाएको मन्त्रालयको भनाई छ ।