काठमाडौं, जेठ २
नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार १९ हजार ५३९ पीसीआर र ३४४ जनाको एन्टीजेन परीक्षण गर्दा पीसीआरमा ७ हजार ३१६ र एन्टीजेनमा ५२ जना गरि ७ हजार ३६८ जनामा पोजेटिभ देखिएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा ६६४८ जना संक्रमणमुक्त भएका छन् भने १४५ संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १४५ को मृत्यु भएसँगै देशभर मृतकको संख्या ५ हजार १ पुगेको छ । नेपालमा अहिले १ लाख १० हजार २७३ जना सक्रिय संक्रमित छन् । देशभर ७०१ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्