जनता टाइम्स

२ जेष्ठ २०७८, आईतवार १७:४५

स्वास्थ्य मन्त्रालयले भन्यो – अक्सिजनको व्यवस्था बिरामीले होइन, अस्पतालले गर्ने हो


काठमाडौं, जेठ २

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन सिलिण्डरको व्यवस्था विरामीका आफन्तलाई गर्न नलगाउन चिकित्सक एवं स्वास्थ्यकर्मीलाई आग्रह गरेको छ ।अक्सिजन सिलिण्डरको व्यवस्था गर्ने जिम्मेवारी अस्पतालको भएको मन्त्रालयले प्रष्ट पारेको छ ।

आज मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अस्पतालहरुले आफै अक्सिजनको व्यवस्था गर्न भन्दै बिरामीका आफन्तलाई तनाव दिएको भन्दै यस्तो नगर्न र अस्क्जिनको व्यवस्था अस्पताल आफैले गर्न आग्रह गर्नुभएको हो । उहाँले अक्सिजनको व्यवस्था गर्ने काम बिरामी र बिरामीका आफन्तको नभई अस्पतालको भएको जनाउनुभयो ।

पछिल्लो समय अस्पतालहरुमा अक्सिजनको हाहाकार भएपछि अस्पतालले बिरामीका आफन्तलाई सकेसम्म आफै अक्सिजन खोजेर ल्याउन भनिरहेका छन्। विरामीका आफन्तहरु सिलिण्डर बोकेर ग्यास उद्योगमा भीड लागेको र अक्सिजनको खोजीमा भौतारिनुपरेको गुनासो गर्दै आएका छन् ।