काठमाडौं, जेठ ३
देशभर वितेको २४ घण्टामा ९ हजार २४७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २१ हजार ६५३ जनाको पिसिआर र ४३४ जनाको एन्टीजेन परीक्षणमा ९ हजार २४७ जनालाई संक्रमण पुष्टि भएको छ। काठमाडौँ उपत्यकामा ३ हजार ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौँमा २३४६ जना, भक्तपुरमा २९८ जना र ललितपुरमा ४५४ जना कोरोना संक्रमित भेटिएका छन् । आज पिसिआर विधिबाट ९ हजार १९८ र एन्टीजेन विधिबाट ४९ जना संक्रमित पुष्टि भएका हुन्। योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख १३ हजार ४८० पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप २१४ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म नेपालमा ५ हजार २१५ जना संक्रमितको मृत्यु भएको छ। आज देशभर ५ हजार ७६७ जना संक्रमित निको भएका छन् । देशभर ७०८ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्