भारत, जेठ ४
कोराना भाइरस (कोभिड–१९) को संक्रमणबाट भारतमा एकैदिन ५० जना डाक्टरको मृत्यु भएको छ । इण्डियन मेडिकल एसोसिएशन (आइएमए) का अनुसार आइतबार मृत्यु भएको हो । भारतमा कोरोनाको पहिलो लहरमा ७३६ र दोस्रो लहर सुरुभएपछि २४४ जना डाक्टरको मृत्यु भइसकेको छ ।
कोरोनाका कारण भारतमा हालसम्म २ लाख ७८ हजार ७ सयको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र ४ हजार ३ सय संक्रमितको मृत्यु भएको छ भने थप २ लाख ६३ हजारमा नयाँ संक्रमण पुष्टि भएको छ । हाल भारतमा ३३ लाख ५९ हजार सक्रिय संक्रमित छन् ।
विश्वमा पछिल्लो २४ घन्टामा मात्र १० हजार ३ सय भन्दा धेरैको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कोरोनाका कारण विश्वमा ३४ लाख ३ हजारभन्दा धेरैको मृत्यु भएको छ । गएको २४ घन्टामा ब्राजिलमा १ हजार ३९, अमेरिकामा ३ सय ४७, रुसमा ३ सय ४०, टर्कीमा २ सय २३ र इटलीमा १४० जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्