काठमाडौं, जेठ ४
कोरोना संक्रमणमा परी होम आइसोलेसनमा बसेका व्यक्तिलाई चिकित्सकीय परामर्श दिन एक सय भन्दा बढी डाक्टर तथा स्वास्थ्यकर्मीले इच्छा देखाएका छन् ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज १०२ जना डाक्टर तथा स्वास्थ्यकर्मीको नाम र नम्बर सार्वजनिक गर्दै होम आइसोलेसनमा बस्दा परामर्श चाहिएमा सिधै सम्पर्क गर्न संक्रमित र तिनका आफन्तलाई आग्रह गरेको छ ।
नेपालमा पछिल्लो समय संक्रमितको संख्या बढदै जाँदा ठूलो संख्या होम आइसोलेसनमा बसेका छन् । आजको तथ्यांक अनुसार हालससम्म १ लाख ६ हजार बढी व्यक्ति होम आइसोलेसनमा बसेका छन् ।
















प्रतिक्रिया दिनुहोस्