काठमाडौं, जेठ ५
देशभर ३० वटा निजी तथा मेडिकल कलेजमा कोरोना संक्रमितको उपचार निःशुल्क हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशका ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजले संक्रमितको उपचार निःशुल्क गर्ने सम्झौता गरेको जनाएको छ । अब कोरोना संक्रमित विपन्न नागरिकको यी ३० निजी अस्पताल तथा मेडिकल कलेजमा निः शुल्क उपचार हुने भएकेो हो ।
मन्त्रालयले सबै प्रदेशका ३० निजी अस्पताल तथा मेडिकल कलेजहरुले कोरोना संक्रमितको निःशुल्क उपचार गराउन सम्झौता गरेको मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले बताउनुभयो । त्यस्तै उहाँले उक्त अस्पतालहरुले कोभिड–१९ केयर युनिट संचालन गर्न पनि मन्त्रालयसँग सम्झौता गरिसकेको जानकारी दिनुभयो ।
अब यी तोकिएका अस्पतालहरुमा उपचारका लागि जाने संक्रमितले शुल्क तिर्न नसक्ने हुँदा अस्पतालले निःशुल्क उपचार गर्नुपर्छ । उक्त बिरामीहरुको उपचार खर्च मन्त्रालयले बेहोर्ने भएको हो । यसअघि सरकारी अस्पताल तथा केही मेडिकल कलेजहरुमा संक्रमितको निःशूल्क उपचार हुँदै आएको छ।
यी हुन् ३० अस्पताल














प्रतिक्रिया दिनुहोस्