जनता टाइम्स

७ जेष्ठ २०७८, शुक्रबार १५:३२

कोरोना संक्रमितको उपचारका लागि अस्पतालसँग सम्झौता गर्न स्वास्थ्यले काट्यो सबै स्थानीय तहलाई पत्र (पत्रसहित)


काठमाडौं, जेठ ७

सबै स्थानीय तहले कोभिड–१९ संक्रमितको उपचारका लागि अस्पतालसँग सम्झौता गर्नुपर्ने भएको छ । कोेभिड–१९ का बिरामीहरुको उपचारमा लागेको खर्च भने केन्द्र सरकारले व्यहोर्ने छ ।

स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले सबै स्थानीय तहलाई पत्र लेखेर अस्पतालसँग सम्झौता गरी सो को विवरण स्वास्थ्य आपत्तकालीन केन्द्र (एचईओसी) मा पठाउनुभएको छ ।

स्थानीय सरकारले सम्झौता गरेका अस्पतालले मासिक मन्त्रालयमा कोभिड–१९ का बिरामी रिपोर्ट बुझाउनुपर्नेछ ।