काठमाडौं, जेठ ७
राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो जारी गर्नुभएको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश सार्वजनिक गरिएको छ। अध्यादेशमा स्वास्थ्य आपतकाल घोषणा गर्नेदेखि कोभिडको युनिफाइड अस्पताल सञ्चालन गर्नेसम्मका व्यवस्था छ। अध्यादेशमा वीर अस्पताललाई केन्द्रीय कोभिड–१९ युनिफाइड अस्पतालका रुपमा राखिएको छ।
केन्द्रीय अस्पताल स्वास्थ्य मन्त्रालयले सञ्चालन गर्ने छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले बिहीबार अध्यादेश जारी गर्नुभएको हो । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकारले अध्यादेश जारी गर्न सिफारिस गरेको हो । कोभिड संक्रमण रोकथाम, नियन्त्रण, निदान र उपचारसम्बन्धी कार्यलाई एकीकृत र व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि अध्यादेश ल्याइएको हो ।
अध्यादेशमा सजायको व्यवस्था समेत रहेको छ। कसैले अध्यादेश बमोजिमको कुनै काम गर्न अवरोध सिर्जना गरेमा एक वर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ। यस्तै अध्यादेश बमोजिम जारी भएको मापदण्ड पालना नगरेमा ६ महिनासम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने छ।
अध्यादेशको पूर्णपाठ













प्रतिक्रिया दिनुहोस्