जनता टाइम्स

७ जेष्ठ २०७८, शुक्रबार २०:१६

कोभिड–१९ को प्रकोप अत्याधिक बढेपछि धुलिखेल, पनौती र पाँचखाल पूर्णरूपमा शिल


काठमाडौं, जेठ ७

कोरोना भाइरस (कोभिड–१९) को दोस्रो भेरियन्ट तिव्ररूपमा फैलिँदै गएपछि काभ्रेका ३ नगरपालिका पूर्णरूपमा शिल गरिएको छ । आज एक सूचना जारी गर्दै तिन वटै पालिकाले पूर्णरुपमा शिल गरिएको घोषणा गरेको हो ।

आफ्नो पालिकामा कोभिड–१९ महामारी अत्याधिक बढ्न थालेपछि सेवा र व्यवस्थापनमा कठिन भएको भन्दै शिल गरिएको धुलिखेल नगर प्रमुख अशोक कुमार व्याञ्जु श्रेष्ठले बताउनुभयो । उहाँले आइतबारदेखि सबै प्रकारको सेवा बन्द गर्नेगरि शिल गरिएको पनि जानकारी दिनुभयो ।

अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गरिएको सूचनामा उल्लेख गरिएको छ । यस बिचमा आजसम्म धुलिखेल नगरपालिकामा ५४७, पनौतीमा ४९६ जना सक्रिय सङ्क्रमित रहेका छन् । त्यस्तै पाँचखाल नगरपालिकामा १६२ सक्रिय सङ्क्रमित रहेको पालिकाले जनाएको छ ।