जनता टाइम्स

८ जेष्ठ २०७८, शनिबार १७:४८

आज थपिए ८,९८० संक्रमित, १२९ को मृत्यु


काठमाडौं, जेठ ८

नेपालमा आज ८,९८० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ३५७ जनाको पिसिआर र ७४८ जनाको एन्टीजेन परीक्षणमा ८ हजार ९८० जनामा संक्रमण भेटिएको हो । पिसिआर विधिबाट ८ हजार ५९१ र एन्टीजेन विधिबाट ३८९ जना संक्रमित पुष्टि भएका हुन् ।

आज १२९ जनाको मृत्यु भएको छ भने ८८४८ जना निको भएका छन् । हाल नेपालमा १ लाख १५ हजार ८०६ जना संक्रमित आइसोलेसनमा छन् । हालसम्म संक्रमितको संख्या ५ लाख १० हजार ८६ पुगेको छ भने ३ लाख ८३ हजार ६४८ निको भएका छन् । अहिलेसम्म ज्यान गुमाउनेको संख्या ६,१५३ पुगेको छ । देशभर ८८६ जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन् ।