जनता टाइम्स

८ जेष्ठ २०७८, शनिबार १७:५३

अहिले सम्मकै उच्च संख्यामा कोरोनामुक्त, आज एकैदिन ८८४८


काठमाडौं, जेठ ८

केहीदिन यता कोरोना संक्रमितको निको हुने दर बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दिनानुदिन संक्रमणमुक्त हुनेको संख्या उकालो लागेको हो । पछिल्लो २४ घण्टामा ८ हजार ८४८ संक्रमित निको भएका छन् । एकैदिन संक्रमणमुक्त भएका संक्रमितको संख्या यो अहिलेसम्मकै उच्च हो ।

योसँगै संक्रमणमुक्त हुनेको संख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ । अहिलेसम्म नेपालमा ५ लाख १० हजार ८६ जनालाई संक्रमण पुष्टि भएको छ भने ६१ सय ५३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ९८० जनालाई संक्रमण पुष्टि भएको छ भने १२९ संक्रमितको मृत्यु भएको छ । अहिले १ लाख १५ हजार ८०६ जना संक्रमित आइसोलेसनमा छन् ।