जनता टाइम्स

९ जेष्ठ २०७८, आईतवार १६:४०

आज ७,६६४ संक्रमितले जिते कोरोना


काठमाडौं, जेठ ९

पछिल्लो २४ घण्टामा ७ हजार ६६४ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार आज उक्त संख्यामा संक्रमितले कोरोनालाई परास्त गर्नुभएको हो । सोही अवधिमा ७ हजार ९१४ जनामा संक्रमण पुष्टि भएको छ भने १९३ संक्रमितको मृत्यु भएको छ ।