काठमाडौं, जेठ १० । एमाले नेतृ तथा बिघठित प्रतिनिधिसभाका सांसद नविना लामाले माधव नेपाल र भीम रावललगायतका नेताहरुले पार्टीबिरुद्ध घात गरेर अक्षम्य गर्नुभएको बताउनु भएको छ । केही समययता माधव समुहले गरेको गतिबिधिलाई कुनै कार्यकर्ताले स्वीकार गर्न नसक्ने धारणा पनि लामाको रहेको छ ।
‘माधव नेपालले गर्नै नहुने काम गर्नुभयो, इतिहासमा उहाँले अहिले गरेको काम सबैभन्दा ठूलो भूल हुने छ’, जनताटाइम्ससँग नेकपा एमालेकी युवा नेतृ लामाले भन्नुभयो ।लामाले माधव नेपालले माओवादी र कांग्रेसको पछाडि लागेर पार्टी ध्वस्त पारेको बताउनुभयो । ‘आफ्नो पार्टीको सरकार हुँदाहुँदै विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन जाने जस्तो अपराध के हुन सक्छ ?’ उहाँको भनाई थियो । उहाँले जनताको प्यारो चिन्ह सूर्य चिन्ह नै एकोले धेरै नेता चुनावसम्म एमालेमा नै आइसक्ने भन्दै नेताहरुले आआफ्ना अडान त्याग्नुपने सुझाव दिनुभयो ।
माधव नेपाल र भीम रावल जस्ताको चरित्रले भने पार्टी एक हुन नसक्ने उहाँको तर्क छ । ‘उहाँहरुले बादललाई हराएर पार्टीमा अपराध गर्नुभएको छ, एकताको नाममा पार्टीमा अन्तरघात गर्नु भन्दा आ–आफ्नै बाटो लागेको राम्रो हो, कि सबै कुराको समिक्षा गर्दै अब यस्तो कुरा नगर्ने भनेर आउनु पर्छ, कि अलग बाटो रोज्नु पर्छ, जनता र कार्यकर्तालाई भ्रममा राख्ने भन्दा क्लियर भएकै राम्रो’, उहाँले भन्नुभयो ।लामाले सरकारले गरेको चुनाव घोषणाको स्वागत गर्नुभयो । अब चुनाव अघि सबैको ध्यान कोभिड नियन्त्रणमा केन्द्रित हुनुपर्नेमा लामाको जोड छ ।
प्रतिक्रिया दिनुहोस्