काठमाडौं, जेठ १०
सरकारले ६५ बर्ष माथिका नागरिकलाई दिएको कोभिडबिरुद्धको खोप कोभिसिल्ड दोस्रो डोजको अवधि बढाएको छ । यसअघि ८ देखि १२ हप्तामा लगाउनुपर्ने भनिएपनि अहिले अवधी बढाएको हो । नयाँ अवधी अनुसार अब कोभिसिल्डको पहिलो डोज लगाएका नागरिकलले दोस्रो डोज १६ हप्तामा लगाउँदा हुनेभएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जुम मार्फत गरेको पत्रकार सम्मेलनमा प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले भारतले पठाएको नयाँ गाइडलाइन अनुसार अब १२ देखि १६ हप्तासम्ममा दोस्रो डोज लगाउन सकिने भएको र सोही अनुसार नेपालले तयारी गरेको बताउनुभयो । कोभिसिल्ड लगाउन शुरु गरिएको आगामी यही जेठ २३ मा १२ हप्ता पुग्दैछ र त्यसका लागि पर्याप्त थप खोप आएको छैन ।
भारत सरकारको अदालतले आफ्नो देशको नागरिकलाई पूरा खोप नलगाई अन्य देशलाई नदिने भनेपछि नेपाल सरकारले २० लाख डोज ल्याउन सम्झौता गरेको सेरमले यो बर्ष आफूहरुले देशबाहिर खोप पठाउन नसक्ने बताइसकेको छ । तर यसअघि १० लाख डोज भने नेपाल ल्याइएको थियो ।













प्रतिक्रिया दिनुहोस्