जनता टाइम्स

१२ जेष्ठ २०७८, बुधबार १६:५३

संक्रमित भन्दा निको हुने बढी, आज ६७१६ कोरोना मुक्त


काठमाडौं, जेठ १२

देशभर आज ६ हजार ७१६ ले कोरोना भाइरस संक्रमणलाई जित्नुभएको छ । त्यस्तै यही समयमा ६ हजार ७१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज देशभर संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १९ हजार ३० जना पीसीआर र ३२२ जनाको एन्टीजेन परीक्षण गर्दा ६ हजार ७१४ जनामा पोजेटिभ देखिएको हो ।

त्यस्तै आज १४५ संक्रमितको मृत्यु भएको छ, यससँगै हालसम्म ६ हजार ८४५ संक्रमितको मृत्यु भएको छ । १ लाख १७ हजार ७७ जना संक्रमित आइसोलेसनमा छन् । नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ४० हजार ७७५ पुगेको छ भने ४ लाख ११ हजार ६०३ निको भएका छन् ।