कैलाली, १४ जेठ । सुदूरपश्चिम प्रदेशका प्रमुख सचेतक तारा लामा तामाङलाई दलका नेता प्रकाश शाहले नेकपा एमालेको प्रमुख सचेतकको जिम्मेवारीबाट हटाउनुभएको छ । उहाँले आज तामाङलाई जिम्मेवारीबाट हटाउँदै प्रमुख सचेतकको जिम्मेवारी लालबहादुर खड्कालाई दिनुभएको हो । तामाङ र खड्का दुबै कञ्चनपुरबासी हुनुहुन्छ । त्यस्तै आज नै सचेतकमा दुर्गा विकलाई नियुक्त गरिएको छ। उहाँ अछामकी हुनुहुन्छ । यस अघि एमालेमा सचेतक थिएनन् ।
सुदूरपश्चिममा एमालेले प्रमुख सचेतकबाट तामाङलाई हटायो, खड्कालाई जिम्मेवारी













प्रतिक्रिया दिनुहोस्