जनता टाइम्स

१४ जेष्ठ २०७८, शुक्रबार १६:१२

एकैदिन झण्डै १० हजारले जिते कोरोना, निको हुने दर ७८.०७ प्रतिशत


काठमाडौं, जेठ १४

नेपालमा पछिल्लो २४ घण्टामा झण्डै १० हजार जना कोरोनामुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ९ हजार ८४१ जनाले कोरोना जितेका छन् । यो निको हुने दर ७८.०७ प्रतिशत पुगेको हो । यो संख्या नयाँ संक्रमितभन्दा संख्या नयाँ संक्रमितभन्दा २९ सय ८६ ले बढी हो ।

योसँगै संक्रमणमुक्त हुनेको संख्या ४ लाख २८ हजार ६७० पुगेको छ । हिलेसम्म नेपालमा ५ लाख ४९ हजार १११ जनालाई संक्रमण पुष्टि भएको छ भने ७ हजार ४७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८५५ जनालाई संक्रमण पुष्टि भएको छ भने ९६ संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ११० जनाको परीक्षण गर्दा उक्त संख्यामा पोजेटिभ देखिएको हो । अहिले १ लाख १३ हजार ३९४ जना संक्रमित आइसोलेसनमा छन् । त्यस्तै नेपालमा सक्रिय संक्रमित संख्या पनि ओरालो लागिरहेको छ । हाल १ लाख १३ हजार ३९४ जना सक्रिय संक्रमित छन् ।