जनता टाइम्स

२८ जेष्ठ २०७६, मंगलवार १०:४६

गैर नाफामुलक बाल अस्पताल खोल्न दुई अर्ब रकम संकलन गर्दै डा. भगवान कोइराला


काठमाडौं ।

डा. गोविन्द केसीको अनसनका कारण आजित भएर त्रिवि शिक्षण अस्पतालबाट राजिनामा दिएर हिड्नु भएका डा. भगवान कोइरालो गैर नाफामुलक बाल अस्पताल गर्ने अभियानमा जुट्नु भएको छ । अस्पताललाई आन्दोलनको रणभुमि बनाउन नहुने सोच्न राख्ने वरिष्ठ मुटु रोग विशेषज्ञ कोइरालाले बाल स्वास्थ्य उपचारमा बहुउपचार तथा विशेषताको अस्पताल स्थापनामा जुट्नु भएको हो ।

उहाकै नेतृत्वमा खुलेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले बाल अस्पतालको अवधारणा सार्वजनिक गरेको छ । जन्मेदेखि १८ वर्षमूनिका बालबालिकाको सबै रोग उपचारका निम्ति गैरनाफामूलक अस्पताल स्थापनाका गर्न कोइराला नेतृत्वको इन्स्टिच्युट जुटेको हो। लगानी आह्वान नगर्दै अहिले झन्डै एक करोड संकलन भइसकेको डाक्टर कोइरालाले सोमबार आयोजित एक कार्यक्रममा जानकारी दिनुभयो । उहाका अनुसार सन् २०२२ सम्ममा अस्पताल सञ्चालनमा ल्याउने योजना रहेको पनि सुनाउनु भयो । तर, आशातित लगानी संकलन हुन नसकेमा भने यो योजना केही पछाडी सर्न सक्नेछ ।

सुरूमा राजधानीमा सय शैयाको अस्पताल निर्माण प्रक्रिया थालिने छ। राजधानीमा अस्पताल सञ्चालनमा आएपछि सातै वटा प्रदेशमा कम्तीमा ५० शैयाको अस्पताल स्थापना गर्ने लक्ष्य राखिएको छ। राजधानीमा अस्पतालका लागि ४० रोपनी जग्गा आवश्यक पर्ने जनाइएको छ। सो जग्गा सरकारबाट लिजमा लिने योजना छ। जग्गाको टुंगो लागेपछि सहयोगका लागि आह्वान गरिने डा. कोइरालाले जानकारी दिनुभयो । यस्तो अस्पताल साकार पार्न कम्तीमा दुई अर्ब रुपैयाँ आवश्यक पर्ने कोइरालाले बताउनु भयो ।

कूल जनसंख्याको झन्डै ४० प्रतिशत जनसंख्या बालबालिकाको छ। तर, जन्मेदेखि किशोर हुने बेलासम्म बालबालिकाले बहुविशेषताको उपचार नपाएको कोइरालाको बुझाइ छ। नेपालमा मातृ शिशु मृत्युदरको दर घट्न पनि सकेको छैन। नेपालका अधिकांश बालबालिकामा जन्मेदेखि नै कुनै न कुनै स्वास्थ्य समस्या रहेको कोइराला बताउनु हुन्छ । अपांगता, मुटु रोग, क्यान्सरजस्ता रोगबाट सानै उमेरमा नियन्त्रण गर्न सके नेपालमा स्वस्थ जनसंख्या बढ्ने उहाको भनाइ छ।