जनता टाइम्स

२८ जेष्ठ २०७६, मंगलवार १०:५७

स्वस्थ्य रहौं खुशी रहौं भन्दै नेता बामदेव ब्यायाममा देखिएपछि


काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टीका नेता बामदेव गौतम पार्टीभित्रै एक शक्तिशाली नेताका रुपमा चिनिनुहुन्छ । उहाले प्रस्तुत गर्ने विचारले कहिले विवादमा त कहिले चर्चामा रहने गर्नुहुन्छ । निक्कै हक्की स्वभाव र सिधा बोल्ने नेताका रुपमा उहालाई चिनिन्छ ।

तर, उहा राजनीतिमा मात्र व्यस्त हुनुहन्न । पछिल्लो समय उहाले सामाजिक सञ्जालबाट सार्वजनिक गरेको केही तस्विर चर्चामा आएका छन् । उहाले व्यायाममा ध्यान दिन थाल्नु भएको छ । शरिरलाई स्वास्थ्य राख्न ब्यायामको आवश्यकता पर्दछ । उहाले सामाजिक सञ्जालमा केही तस्विर राख्दै लेख्नु भएको छ, ‘शारीरिक ब्यायाम जसले शरीरको आन्तरिक तथा बाह्य दुवै शुद्धिलाई सन्तुलन मिलाएर अघि बढाउँछ, स्वस्थ्य रहौं खुशी रहौं ।