जनता टाइम्स

१५ जेष्ठ २०७८, शनिबार १४:२२

मातातिर्थ सामुदायिक अस्पतालमा अक्सिजन प्लान्ट जडान सुरु, जेठभित्रै उत्पादन हुने


काठमाडौं, जेठ १५

नगरस्तरीय आइसोलेशन संचालन गर्दै आइरहेको मातातिर्थ सामुदायिक अस्पतालको अक्सिजन प्लान्ट जडानले तिव्रता पाएको छ । झण्डै ७४ लाखको लागतमा जडान गर्न लागिएका प्लान मुलुककै सामुदायिक अस्पतालमा पहिलो हो । जडान गर्न कम्पनीसँग सम्झौता भइसकेको र एक महिनाभित्रै अस्पतालले उत्पादन सुरु गर्ने चन्द्रागिरि नगरपालिका–८ का अध्यक्ष तथा नगर स्वास्थ्य संयोजक सन्तोस खड्काले बताउनुभयो ।

यस अक्सिजन प्लान्टबाट दैनिक ४० भन्दा बढि ठूलो सिलिन्डर भर्न सकिने छ, यतिबेला प्लानको फाउन्डेसनको काम भटाभट भइरहेको नगर भैतिकपुर्बधार समिति संयोजक तथा वडा नं १५ का अध्यक्ष उत्तम राउतले जानकारि दिनुभयो । वडाको आन्तरिक स्रोत र दाताहरुको आर्थिक सहयोगमा यो अक्सिजन प्लान्ट जडान गर्न लागिएको हो । हालसम्म दाताहरुबाट नगद रु १५ लाख ७७ हजार ४४३ संकलन भइसकेको छ भने सहयोग आउने क्रम अझै जारि रहेको र नगरबाट पनि सहयोग प्राप्त हुने संयोजक खड्काले जानकारी दिनुभयो ।

हाल नगर भित्र दैनिक ४० देखि ५० सिलिन्डर अक्सिजनको माग रहेको र प्लान्ट स्थापनासँगै नगरपालिका अक्सिजनमा आत्मनिर्भर हुने अध्यक्ष खड्काको दाबी रहेको छ। जेठ १ गतेदेखि ३० शैय्याबाट संचालन सुरु भएको आइशोलेसन केन्द्र आवश्यकता अनुसार बढाउन सकिने छ । प्रदेश र स्थानिय सरकारको सहयोगमा अन्य पूर्वाधार निर्माण भएतापनि अस्पताल संचालनमा थिएन ।

कोरोना भाइरस (कोभिड–१९) को दोश्रो भेरियन्ट सुरु भएसँगै नगरपालिमा संक्रमितको संख्या ह्वात्तै बढेको थियो । नगरको बैठकले यो अस्पताललाई आइशोलेशन बनाउने निर्णय गरेपछि अहिले नगरमा ४ हजार १८६ संक्रमित भएका मध्ये ३४८७ जनाले कोरोनालाइ जितेर डिस्चार्ज भइसक्नुभएको छ । हाल २५ जना आइसोलेशन र अस्पतालमा उपचारत हुनुहुन्छ भने ६२९ जना होम आइसोलेशनमा बस्नुभएको छ । कोरोनाबाट नगरपालिकामा ५४ जनाको मृत्यु भएको छ ।