काठमाडौं, जेठ १५
बीएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईले विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको औषधी उपचारलगायत सम्पूर्ण उपचार खर्च व्यहोर्ने घोषणा गर्नुभएको छ । कोरोना संक्रमणबाट गम्भीर बिरामी परेपछि मेडिसिटी अस्पतालमा उपचाररत थापाको उपचारमा लागेको सबै खर्च बीएण्डसी मेडिकल कलेजले व्यहोर्ने प्रसाईले घोषणा गर्नुभएको हो ।
आज एक विज्ञप्ति जारी गर्दै प्रसाईले विवेकशील साझा पार्टीले उपचारमा आर्थिक सहयोगका लागि अपिल गरेकोमा सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक अभियन्ता थापाको उपचार खर्च प्रदान गर्ने बताउनुभयो । जनताले गणतन्त्र स्थापनाका लागि गरेको आन्दोलनको भावना र शहीदको सपनाको बाटोमा मुलुकलाई अगाडि बढाउन प्रेरणा प्राप्त हुनसकोस् भन्ने गणतन्त्र दिवसको शुभकामना व्यक्त गर्दै प्रसाईंले उपचाररत थापाको शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्नुभएको छ ।














प्रतिक्रिया दिनुहोस्