जनता टाइम्स

१५ जेष्ठ २०७८, शनिबार १६:२७

५ अर्व ६० करोड रुपैयाँ औषधि आयातका लागि विनियोजन


काठमाडौं, जेठ १५

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को आयव्यय विवरण प्रस्तुत गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा उहाँले गर्नुभएको बजेट भाषणमा ५ अर्व ६० करोड रुपैयाँ औषधि आयातका लागि विनियोजन गर्नुभएका बताउनुभयो ।

उहाँले सार्वजनिक गर्नुभएको बजेट भाषणमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रण र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेको छ । यस आर्थिक वर्षका लागि गत जेठमा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले १४ खर्ब ७४ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउनुभएको थियो ।