जनता टाइम्स

१५ जेष्ठ २०७८, शनिबार १६:३०

उपेन्द्र यादवलाई महन्थ ठाकुरको २४ घण्टे अल्टिमेटम, चित्त बुझ्दो स्पष्टीकरण नदिए पार्टीबाटै निष्काशन


काठमाडौं, जेठ १५ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई काउन्टर स्पष्टीकरण सोध्दै २४ घण्टे अल्टिमेटम दिनुभएको छ ।

ठाकुरले २४ घण्टाभित्र चित्त बुझ्दो स्पष्टीकरण नबुझाए दलबाट निष्काशन गर्ने चेतावनीसहित पत्र पठाउनु भएको हो । यादवले पनि ठाकुरसहितका चार नेतालाई यस्तै अल्टिमेटम दिनभएको छ । यो घटनासँगै जसपा अव औपचारिक रुपमा बिभाजनको बिन्दुमा पुगेको छ ।