काठमाडौं, जेठ १५
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ का लागि गर्नुभएको बजेट भाषणमा यसपटक स्वास्थ्य क्षेत्रमा ३३ अर्व बढेको छ । मन्त्री पौडेलले पेस गर्नुभएको आयव्यय विवरणमा स्वास्थ्यमा १ खर्ब २२ अर्ब ७७ करोड बजेट विनियोजित भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा उहाँले गर्नुभएको बजेट भाषणमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रण र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेको छ । यस वर्षको बजेट भाषणमा स्वास्थ्यको विषयलाई प्राथमिकतामा राखिएको छ ।












प्रतिक्रिया दिनुहोस्