काठमाडौं, जेठ १६
नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार २०५ संक्रमित निको भएका छन् । त्यस्तै आज ४ हजार ३६८ जना व्यक्ति कोरोना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ९८६ जनाको पिसिआर र १ हजार ७८४ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार ७०२ जना र एन्टीजेटमाफर्त ६६६ जना संक्रमित पुष्टि भएका हुन्।
देशभर सक्रिय संक्रमितको संख्या १ लाख ८ हजार ८९७ रहेको छ । यसमध्ये ७ हजार ५६३ जना संस्थागत र एक लाख १ हजार ३३४ जना होम आइसोलेसनमा रहेको पनि मन्त्रालयले जनाएको छ। त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर १०९ जना संक्रमितको मृत्यु भएको छ। देभभर ७६३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्