काठमाडौं, जेठ १७ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश कृष्णजंग रायमाझीले झगडियालाई मलाई यो न्यायाधीश चाहिन्छ भन्ने अधिकार नरहेको प्रष्ट पार्नुभएको छ ।
प्रतिनिधिसभा विघटनको मुद्दामा विभिन्न बहाना देखाएर कांग्रेस र माओवादी निकट कानुन व्यवसायीले इजलाशको दुइ दिनसम्म समय खाइदिएपछि पूर्वन्यायाधीश रायमाझीले झगडियालाई मलाई यो न्यायाधीश चाहिन्छ भन्ने अधिकार नै नहुने न्यायिक इतिहासको सत्य कथा खोलिदिनु भएको हो ।
कानुन व्यवसायीले प्रश्न उठाएका न्यायाधीशले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा हेर्न नहुने हो त भन्ने विषयमा रायमाझीले कानुन व्यवसायीले इजलासमा यो न्यायाधीश राख र त्यो नराख भन्नै नमिल्ने बताउनुभयो । रायमाझीले कानुन ब्यवसायीले इजलासमा यो न्यायाधीश राख्न मिल्दैन भनेर प्रश्न गर्न नहुने बताउनुभयो ।
‘नेकपा विवादको फैसला र अहिलेको फैसलाको कुनै सम्बन्ध छैन । नेकपा फुटको रिस न्यायाधीशमाथि पोख्ने होइन । मुद्दामा झगडियाले मलाई यो न्यायाधीश चाहिन्छ भन्ने अधिकार छैन । प्रधानन्यायाधीशलाई इजलासमा कुन न्यायाधीश राख्ने स्वविवेक अधिकार रहन्छ,’ पूर्वन्यायाधीश रायमाझीले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्